नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - आईसीसी विश्व कप लिग–२ अन्तर्गत एक दिवसीय किक्रेट श्रृङ्खलामा यूएईसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।
नेपालका तीव्र बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् । त्यस्तै करण केसीले एक विकेट लिएका छन् । मोहम्मद वासिम २१ रनमा, ओपनर चिराग सुरी ६ रनमा, वृत्य अरबिन्द ३ रनमा र आसिफ खान २ रनमा आउट भए ।
अहिले सीपी रिजवान र रोहन मुस्ताफा मैदानमा छन् । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।
यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ ।
यूएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अङ्कका साथ दोस्रो स्थानमा छ । सात देश सहभागी यो श्रृङ्खलामा ओमान २७ खेलमा १७ मा जित र ८ मा हारसहित ३६ अङ्कका साथ शीर्षस्थानमा छ । यसअघि नेपाल र यूएईबीच चार वटा एक दिवसीय खेल भएको छ । जसमा नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा पराजित भएको छ ।
सन् २०१९ मा नेपालले यूएईसँग तीन एक दिवसीय श्रृङ्खला खेलेको थियो । त्यसमा नेपालले २–१ ले श्रृङ्खला जितेको थियो । नेपालले अर्को खेल आउँदो सोमवार यूएईसँग र मङ्गलवार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।