नेपाल यूएईसँग ४८ रनले पराजित

 चैत ४, २०७८ शुक्रबार १७:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे एक सय ६९ रन पछ्याएकाे नेपाल ३५ ओभर १ बलमा एक सय २० रनमा समेटियाे । 

नेपालका लागि राेहित पाैडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र साेमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए । 

बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहाेर खान र राेहन मुस्तफाले एक–एक विकेट हात पारे । 

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायाे । यूएईका लागि राेहन मुस्तफा र चुन्दनग्यापाेएल रिजवानले समान ४०/४० रन बनाए ।

बलिङतर्फ नेपालका साेमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।

अङ्क तालिकामा नेपाल १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अङ्कका साथ पाँचाैँ स्थानमा छ । यूएई १६ खेलमा नाैमा जित र पाँचमा हारसहित २० अङ्कका साथ दाेस्राे स्थानमा छ । 

ओमान २७ खेलमा १७ मा जित र आठमा हार सहित ३६ अङ्कसहित तालिकाकाे शीर्षस्थानमा छ । 

अब नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Basudev

    March 18, 2022, 5:58 p.m.

    Not good head coach, change the coach

  •  0 Reply

तपाईको प्रतिक्रिया