बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
ललितपुर – संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर देश समावेशी हुन नसक्ने बताउनुभएको छ । आज शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक 'सत्यमोहन' को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचमा एकता ल्याउने बताउनुभएको हो । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उहाँले उल्लेख गर्नुभयो ।
संस्कृतिविद् जाेशीले भन्नुभयो, ‘लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई विचारै नगरिकन अघि बढ्यो भने जस्तोसुकै उन्नति भए पनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भइरहन्छ । अहिले राजनीतिमा कति झगडा भइरहेकाे छ भन्ने त यहाँहरू सबैलाई थाहा छँदैछ । यदि समावेशी भएको भए एकले अर्कोलाई नेपाली हो, चाहे नेवार होस्, चाहे थारु होस्, चाहे धिमाल होस्, चाहे राई, लिम्बु जे होस्, हामी सबै नेपाली हौँ भन्ने भावना जागृत गर्ने त लोक संस्कृतिले गर्ने हो नि त ।’
पत्रकार गिरीश गिरीले लेख्नुभएको जोशीको जीवनीमा आधारित पुस्तक 'सत्यमोहन' को आज एक कार्यक्रमका बीच ललितपुरमा लोकार्पण भएकाे हाे । याे पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफूले आफूलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताउनुभयो । याे पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्याउने पनि उहाँले बताउनुभयो ।
पुस्तकका लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले देशका लागि गर्नुभएको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यसहित पुस्तक लेखिएको बताउनुभयो । जोशीलाई काठमाण्डाैभित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रूपमा बुझ्न नहुने भन्दै उहाँले जोशीले सिङ्गो देशकाे कला, संस्कृतिको विकासका लागि योगदान दिनुभएको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।