डाटा शुल्क घटाउने नेपाल टेलिकमकाे तयारी

 चैत ४, २०७८ शुक्रबार १९:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमले डाटा/इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिनुभएको हो । 

ब्यान्डविथकाे मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको उहाँले स्पष्ट पार्नुभयो । तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो । 

नायब प्रबन्ध निर्देशक पहाडीले वायरलेस डाटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनुपरेको बताउनुभयो । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेस डाटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उहाँले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गर्नुभयो । नायब प्रबन्ध निर्देशक पहाडीले भन्नुभयो, ‘प्याकेजमा नलिएको हुनाले पिक्स इन्टरनेटकाे मूल्य महँगो भनिएको हो कि ? नत्र भने मलाई लाग्छ– यो वायरलेस डाटाको शुल्क १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ ।’

नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घट्नेबित्तिकै डाटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dipak ji

    March 18, 2022, 8:08 p.m.

    हो निर्देशकज्यु धेरै सस्तो डाटा दिनुभारैछ , माने हजुरहरुको सस्तो सेवालाई । आज बहराइच आको ic 300 मा 80 दिन फ्री इन्टरनेट मोबाइलमा लिइयो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया