उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदको क्षेत्रमा अझै उल्लेख्य प्रगति गर्न बाँकी रहेको बताउनुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा महिला राष्ट्रिय टोली तथा एपीएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा आधारित फिल्मको घोषणा कार्यक्रममा बोल्दै मन्त्री गहतराजले यस्तो बताउनुभएको हो । उहाँले खेलकुदको क्षेत्रमा नेपालले साना हिमालहरू मात्र चढेको र ओलम्पिक खेलेर सगरमाथा चढ्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पहाडहरू मात्रै चढेका छौँ । हामीले साना–साना हिमालहरू मात्रै चढेका छौँ, खेल क्षेत्रको हिसाबले सगरमाथा चढ्न बाँकी नै छ । त्यो भनेको ओलम्पिकमा हामी पुग्न र ओलम्पिकमार्फत विश्वलाई चिनाउन बाँकी नै छ ।’
मन्त्री गहतराजले यस फिल्मले नेपालका खेलाडीहरूलाई प्रेरणा दिने भन्दै उहाँले यस फिल्मले नेपाली चलचित्र क्षेत्रमा पनि नयाँ सुरुवात भएको बताउनुभयो ।
अञ्जिलाले फिल्ममा आफ्नो भूमिका आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहनेछ । अञ्जिलाले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।