पहिलो एक दिवसीय क्रिकेटमा बङ्ग्लादेशले दक्षिण अफ्रिकालाई हरायो

 चैत ५, २०७८ शनिबार ११:४२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो एक दिवसीय क्रिकेटमा बङ्ग्लादेशले घरेलु टोली दक्षिण अफ्रीकालाई हराएको छ । गएराति सेन्चुरियनमा भएको खेलमा बङ्ग्लादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो ।

दक्षिण अफ्रिकाको भूमिमा बङ्ग्लादेशको यो पहिलो एक दिवसीय जित पनि हो । बङ्ग्लादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले ८६ तथा डेभिड मिलरले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

बङ्ग्लादेशका मेहदी हसन मिराजले ४ तथा ताक्सिन अहमेदले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बङ्ग्लादेशले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो । बङ्ग्लादेशका शकिब अल हसनले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै लिटोन दास र यासिर अलिले ५०/५० रन जोडे ।

दक्षिण अफ्रिकाका मार्को जेनसन र केशव महाराजले २/२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा बङ्ग्लादेशले १–० को अग्रता बनाएको छ। 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया