कांग्रेस वाग्मती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत

 चैत ६, २०७८ आइतबार १७:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरूलाई आज आइतवार मनोनयन गर्नुभएको हो । 

सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनय गरिएको छ । 

यसैगरी धादिङबाट तीलकप्रसाद रुवाली, काठमाण्डाैका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन गर्नुभएको पार्टी प्रदेश कार्यालयले जनाएको छ । 

सभापतिबाट मनोनय हुनेमा ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाका प्रभुराम श्रेष्ठ हुनुहुन्छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया