कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – एक किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेको छन् ।
हिजो आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका प्रहरीले जानकारी दिएको छ ।
बरामद गरिएकाे सुन
बरामद सुनको अन्दाजी मूल्य एक करोड आठ लाख ४९ हजार चार सय रुपैयाँ रहेको छ । पक्राउ परेका मेहरालाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उपस्थित गराएकाे छ ।त्रि
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।