बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्सको ढोका खुलेको छ ।
बाढी पहिरोसँगै आएर थुप्रिएको गेग्रान हटाएर बन्द भएको ढोका खुलाएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदम कुँवरले जानकारी दिनुभयो। आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ ।
सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको कुँवरले बताउनुभयो । बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको आठ सय पाँच मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अरु सहायक ढोकासमेत बन्द भएका थिए ।
गेग्रानले आयोजनाको मुख्य द्वार, ९ नम्बर, १० नम्बर ढोका, अम्बाथानतर्फका १७ र २१ का ढोका पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो ।
इञ्जिनियर पदम कुँवरका अनुसार बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवर्क्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ । मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको जानकारी कुँवरले दिनुभयो ।
सरकारले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाण्डौमा पानी ल्याउने लक्ष्य राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।