लेटाङको अवस्था सामान्य बन्दै, पक्राउ परेका २२ जनामाथि अनुसन्धान हुँदै

 चैत ८, २०७८ मंगलबार ८:२३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएको छ । लेटाङमा हिजो बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।

स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका लागि लेटाङमा कर्फ्यु लगाइएको हाे।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अवस्था अहिलेको जस्तै सामान्य रहिरहे कर्फ्युलाई खुकुलो बनाउँदै लैजाने बताउनुभयो । उहाँकाअनुसार घटनाको अनुसन्धानका गर्नका लागि २२ जनालाई पक्राउ गरिएको छ । तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो।

अस्ति आइतवार लेटाङ-५ को खेरुवामा रहेको विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । गएको  शुक्रवार होलीको दिन विद्यालयका शिक्षक मनोज पौडेलले एक छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा अस्ति स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका थिए  । यसअघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए।

स्थानीय बासिन्दाले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरे पनि प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो। 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lokesh gurung

    March 22, 2022, 11:19 a.m.

    गाउलेले जे गर्‍यो सहि गर्‍यो पटक-पटक तेस्तो हर्कत गर्दा पनि प्रशासन आएर कार्वाही गर्नुको साटो उल्टै बचाउन खोज्ने, प्रशासनले नगरे अब जनताले गर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया