सगरमाथा क्षेत्रमा चिटिक्क परेका फाेहर राख्ने ठाउँ

 चैत ८, २०७८ मंगलबार ९:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सगरमाथा क्षेत्रमा सरसफाइको काम गर्दै आएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले एक सयभन्दा धेरै ठाउँमा फाेहर जम्मा गर्ने ठाउँ बनाएको छ ।

सगरमाथा क्षेत्रको मुख्य बाटोमा फाेहर फ्याँक्नका लागि ठाउँ बनाएको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । फाेहर थुपार्नको लागि घर जस्तै चिटिक्क परेका साना संरचनाहरु बनाइएको उहाँले बताउनुभयो ।

फाेहर थुपार्ने ठाउँमा कुहिने र नकुहिने फाेहर जम्मा गर्नको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । त्यहाँ जम्मा भएको फाेहर एसपीसीसीका कर्मचारीहरुले व्यवस्थापन गर्छन् ।

बाटोमा रहेका विश्रामस्थलहरु तथा बाटोमा दूरीका आधारमा फाेहर जम्मा गर्ने ठाउँ बनाइएको छ । यस्तै ठाउँठाउँमा पानीका धारा समेत बनाइएको शेर्पाले बताउनुभयो । पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा चहलपहल बढेको छ ।

पर्यटकहरुले चकलेट, बिस्कुट लगायत खानेकुराका खोलसँगै पेय पदार्थका बट्टाहरु फ्याँक्ने गर्छन् । एसपीसीसीले यस्ता फाेहरलाई व्यवस्थापनका लागि बाटोमा फाेहर नफ्याँकी फाेहर थुपार्ने ठाउँमा फ्याँक्न आग्रह गर्दै आएको छ । सगरमाथाको आधारशिविर लगायतका सगरमाथा क्षेत्रमा जाने बाटो सफा बनाउनका लागि पहल भइरहेको शेर्पाले बताउनुभयो। 

तस्बिर स्राेत : एसपीसीसी फेसबुक पेज

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया