काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पा...
पुस २९, २०८१ सोमबार
मकवानुपर – वाग्मती प्रदेशले आफ्नो छुट्टै गुप्तचरी संयन्त्र गठन गर्ने तयारी गरेको छ । आज मङ्गलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा गएकाे पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र सङ्घीय कानुनअनुसार परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने निर्णय गरेको हो ।
आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले त्याे विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गर्नुभएको थियो ।
कानुन मन्त्री खनालको प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो । त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समिति पठाएको छ ।
त्यस्तै वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गर्नुभयो । उहाँले प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गर्नुभयो । प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।
यसैबीच न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रदेशका कानुन मन्त्री खनालले प्रदेश सरकारले पाएको अधिकारलाई सदुपयोग गरेर वाग्मती सरकारले पहिलो पटक आफ्नै मातहतमा रहने गरी सुरक्षासँग सम्बन्धित सूचना ब्युरो बनाउन लागेको बताउनुभयो । उहाँले दफाबार छलफलपछि मात्रै व्यवस्थित गरिने बताउनुभयो । मन्त्री खनालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पास गरे पनि प्रदेशमा प्रहरी समायोजन हुन नसकेको गुनासो गर्नुभयो ।
मन्त्री खनालले सङ्घीय सरकारको मुख ताक्दा धेरै काम प्रदेश सरकारमा हुन ढिलाइ भइरहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।