शेयर बजार २६ सय विन्दुमुनि झर्याे, साढे ६ अर्ब रुपैयाँभन्दा ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको बताउनुभयो ।
उहाँकाअनुसार पहिलो चरणमा सात वटै प्रदेशका केन्द्र र केन्द्रसँग जोडिएका १५ जिल्लामा अन्तरक्रिया हुनेछ । यस पछि अन्य जिल्लामा पनि अन्तरक्रिया गरिने उहाँको भनाई छ । यस्तै बैशाख ३० गते तोकिएको स्थानिय तहको चुनावका लागि आयोगले निर्वाचन अधिकृतहरुलाई पनि तालिम दिने तयारी गरिरहेको छ ।
मतदाता नामावाली अध्यावधिक गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आउँदो १३–१४ गतेसम्म मतदाताको नामावली प्रकाशित गर्ने तयारी छ । यसैबीच मतपत्र छपाइका लागि पनि कागज आइसकेको आयोगले जनाएको छ । आयोगले आम नागरिक तथा सरोकारवालाको जिज्ञासा, गुनासो वा प्रश्न समेट्न आउँदो १५ गतेदेखि ११ ०२ नम्बरको टोलफ्री नम्बर पनि शुरु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।