स्थानीय तह चुनावबाट पार्टीलाई बलियाे बनाउनुपर्छ : अध्यक्ष ओली

 चैत ९, २०७८ बुधबार १४:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावबाट पार्टीलाई बलियाे बनाउनुपर्ने बताउनुभएकाे छ । आज बुधवार काठमाण्डौमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भ्रमपूर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरू भएको दाबी गर्दै त्यसविरुद्ध बहुसङ्ख्याको अभिमत प्राप्त गरी स्थानीय तहको चुनावबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले वैशाख ३० मा हुने स्थानीय तहकाे चुनावमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिनुभएको छ । लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको चुनावमा बहुमत हासिल गर्नुपर्ने बताउनुभएको हो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौँ । इतिहासको लोकतान्त्रिक आन्दोलनकोे विरासत हामीसँग छ । आजको समस्या र चुनौतीको सामना र समाधान गर्नुपर्ने उत्तरदायित्व हामीसँग छ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हामीसँग छ । यसका लागि स्वाभाविक रूपमा आउँदा चुनावहरू महत्त्वपूर्ण छन् ।’

केन्द्रीय कमिटी बैठकले स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सङ्गठनात्मक र प्रचारात्मक कार्यक्रम तथा जनपरिचालनसम्बन्धी महत्त्वपूर्ण निर्णय गर्नेछ । त्यसैगरी भोलि बिहीवारको बैठकमा चुनाव केन्द्रित गरेर बनाइएको पार्टीको 'एप' बारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने पनि अध्यक्ष ओलीले जानकारी दिनुभयो । उहाँले नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसँगै सदस्यता सङ्ख्या ११ लाख पुगेको आँकलन गरिएको दाबी पनि गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया