लक्षण नदेखिएकालाई पनि हुनसक्छ क्षयरोग, औषधि खाए रोग पूर्ण निको हुने

 चैत १०, २०७८ बिहीबार ८:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व क्षयरोग विरुद्धको दिवस, क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा क्षयरोगको सङ्क्रमण घट्दै गएको भनिए पनि अध्ययनले नयाँ बिरामीको सङ्ख्या समेत धेरै रहेको देखाएको छ । सन् २०१८ मा भएको अध्ययनले नेपालमा हरेक वर्ष ६९ हजार नयाँ बिरामी देखाएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।

अध्ययन अघि १३ हजार जना नयाँ बिरामी देखिने गरेका अनुमान गरिएको थियो । अनुमान गरिएभन्दा धेरै सङ्ख्यामा नयाँ बिरामी भेटिएकाले क्षयरोग निवारणमा चुनौती बढेको उहाँले बताउनुभयो । नयाँ–पुराना समेत गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान् छ । तीमध्ये गएको वर्ष २८ हजार ६ सय ७७ जना मात्रै उपचारको पहुँचमा पुगेका छन् । ४० हजारभन्दा धेरै स्वास्थ्यसंस्थाको सम्पर्कभन्दा बाहिर छन्।

क्षयरोगको बेलैमा पहिचान गरी औषधि खाए यो रोग पूर्णरुपमा निको हुन्छ। सरकारले क्षयरोगको औषधि उपचार नि:शुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको डाक्टर ठाकुरले बताउनुभयो ।

सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरको सुझाव छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया