बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा सुरु गरेको ‘एडप्ट एन एनिमल’ अर्थात वन्यजन्तु अभिभावकत्व अभियानमा आकर्षण बढेको छ ।
अघिल्लो वर्ष फागुन १९ गतेदेखि सुरु भएको यो अभियानमा अहिलेसम्म ९१ वटा जनावरको अभिभावकत्व ग्रहण भइसकेको छ । यसमा चिडियाखानाभित्र रहेका बाघ, भालु, गैँडा, हात्ती लगायतका ठूला जनावरदेखि बिरालो, बाँदर, चराचुरुङ्गी लगायतका साना वन्यजन्तु छन् ।
१ सय १३ जनाले व्यक्तिगत तथा समूहगत रुपमा वन्यजन्तुको अभिभावकत्व ग्रहण गरेका चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगततर्फ प्रभु शम्शेर जबरा तथा राजी राणा ट्रस्टबाट राजी राणाले र समूहगततर्फ जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजले सबैभन्दा धेरै रकमसहित वन्यजन्तुको अभिभावकत्व लिएका छन् ।
राणाले वार्षिक १० लाख रुपैयाँ उपलब्ध गराएर चिम्पाञ्जी जोडीको अभिभावकत्व लिनुभएको छ । वन्यजन्तु संरक्षणमा रुचि राख्ने राणाले हरेक वर्ष चिम्पाञ्जीको अभिभावकत्व लिने प्रतिबद्धता जनाउनुभएको चिडियाखानाकी प्रमुख शाहले बताउनुभयो । चिम्पाञ्जी जोडी चिडियाखानाको नयाँ जनावरसमेत हो । यसलाई केही दिनभित्र सार्वजनिक गर्ने चिडियाखानाको तयारी छ ।
यस्तै जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराएर पवनकली हात्तीको अभिभावकत्व लिएको छ । अघिल्लो वर्ष सदर चिडियाखानाले व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिङ्गे गैँडा र तत्कालीन वनमन्त्री प्रेमबहादुर आलेले हात्तीलाई अभिभावकत्व लिएर अभियान सुरु भएको थियो । यो अभियानअन्तर्गत चिडियाखानाका वन्यजन्तुलाई आवश्यक आहारा, उपचार खर्चलगायतमा जो कोहीले अभिभावकत्व लिन सक्ने चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताउनुभयो ।
कोभिड–१९ को महामारीमा सदर चिडियाखानामा पर्न गएको सङ्कटलाई मध्यनजर गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले देश तथा विदेशका नागरिकले जहाँबाट पनि चिडियाखानामा भएका वन्यजन्तुको अभिभावकत्व लिन सकिने अभियान सुरु गरेको हो । वन्यजन्तुको अभिभावकत्व लिन इच्छुकले सिधै चिडियाखानामा सम्पर्क गर्न सक्नेछन् । इच्छुकले आफूले चाहेको वन्यजन्तुको एक वर्ष, महिना तथा एक दिन आफूले चाहेको समयावधिसम्मका लागि अभिभावकत्व लिन सक्ने चिडियाखानाकी प्रमुख रचना शाहले बताउनुभयो ।
यसरी अभिभावकत्व लिँदा वन्यजन्तुअनुसार व्यक्तिगत र संस्थागत रुपमा छुट्टाछुट्टै शुल्क तोकिएको छ । संस्थागततर्फ वार्षिक ५० हजारदेखि १५ लाख रुपैयाँसम्म र व्यक्तिगततर्फ ५ हजारदेखि २ लाख रुपैयाँसम्म लाग्छ ।
चराचुरुङ्गीको सबैभन्दा सस्तो र बाघ, हात्ती, गैँडा लगायतका ठूला जनावरको सबैभन्दा धेरै खर्च लाग्ने चिडियाखानाले जनाएको छ । यस अभियानले वन्यजन्तुसँग मानिसको भावनात्मक सम्बन्ध विस्तार गराउन तथा दुर्लभ जनावर तथा पशुपक्षीको दीर्घकालीन संरक्षणमा सघाउ पुग्ने सदर चिडियाखानाले विश्वास लिएको छ । अहिले चिडियाखानामा १ सय १३ प्रजातिका ९ सय ७४ वन्यजन्तु छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।