बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाैकाे चोभारमा रहेको सुक्खा बन्दरगाह यही चैत महिनाभित्रै सञ्चालनमा आउने भएको छ । असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुक्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो ।
आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह चैतभित्रै सञ्चालन हुने बताउनुभयो । समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अब हामी तयारी अवस्थामा छौँ । चाँडै उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले काम अघि बढाएका छाैँ ।’
यस सुक्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरूलाई काठमाण्डाैमै ल्याएर भन्सार चेक–जाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । भन्सार प्रक्रियाको सहजीकरण सुक्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उहाँले उल्लेख गर्नुभयो । कार्यकारी निर्देशक गजुरेलले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जीपीएस प्रणाली जडान गरेर पठाउने बताउनुभयो । यसरी सिल लगाएर र जीपीएस जडान गरेर पठाइएका कन्टेनरहरू सुक्खा बन्दरगाहमा आएपछि सिल र जीपीएस जाँच गरेर मात्रै भन्सार पास हुने उहाँले स्पष्ट पार्नुभयो ।
इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिमुरेमा पनि सुक्खा बन्दरगाह निर्माण भइरहेको बताउनुभयो । मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उहाँले जानकारी दिनुभयाे ।
अहिले वीरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले बताउनुभयाे । सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रूपमा अगाडि बढाउन काम भइरहेकाे उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।