चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमा सम्मानित

 चैत १०, २०७८ बिहीबार १५:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमालाई नेपाली सेनाले सम्मान गरेकाे छ ।

हिजो बुधवार डाेटीकाे दिपायलमा भएकाे भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीकाे दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ याेगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएकाे हाे । प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व. गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयाे ।

धनमायाका छाेराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनुहुन्छ । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया