स्थानीय तह चुनाव : २ करोड थान मतपत्र छापिने, जनक शिक्षासँग छलफल हुँदै

 चैत १०, २०७८ बिहीबार २०:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका झन्डै एक करोड ७७ लाख मतदाताका लागि यो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिनुभयो ।

‘आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता सङ्ख्याको झन्डै १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ’, नियमित्र पत्रकार सम्मेलन अन्तर्गत आज बिहीवार उहाँले भन्नुभयो, ‘विभिन्न जोखिमलाई ध्यान दिएर मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो । आयोगले झन्डै दुई करोड थान मतपत्र छाप्नुपर्ने आँकलन गरेको छ ।’ मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ । 

आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेस गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचना (जिल्ला समिति) को विवरण छानबिनको काम भइरहेको जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि सङ्गठन संरचना पेस गर्न अनुरोध गरेको थियो ।     

यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालासँगको अन्तरक्रिया हिजो बुधवारदेखि देशभर सुरु भएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया