लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - युरोपेली च्याम्पियन इटली आउँदो विश्व कप फुटबल खेल्न नपाउने भएको छ ।
विश्व कप छनोटको युरोपेली प्लेअफमा गएराति नर्थ म्यासेडोनियासँग पराजित भएसँगै इटलीले विश्व कप खेल्न नपाउने भएको हो । विश्व कपको आशा बाँकी राख्न इटलीले गएराति नर्थ म्यासेडोनियालाई हराउनै पर्ने थियो तर १–० ले पराजित भयो ।
नर्थ म्यासेडोनियाको लागि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा ट्राजकोभ्स्कीले गोल गरे । इटलीले यसअघिको विश्व कप फुटबल पनि गुमाएको थियो । गएराति नै भएको अर्को खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै पोर्चुगलले भने विश्व कप छनोटको सम्भावना बलियो बनाएको छ ।
पोर्चुगलको लागि ओटाभिओ, जोता र नुन्सले गोल गरे । अब पोर्चुगल र नर्थ म्यासेडोनियाबीच आउँदो मङ्गलवार हुने खेलको विजेताले विश्व कपमा स्थान बनाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।