बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - आदिवासी जनजाति महासङ्घको केन्द्रीय अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित हुनुभएको छ ।
गएराति सम्पन्न चुुनावमा सोनाम लामा वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । शेर्पाले ४४ मत प्राप्त गर्दा वालुङ्गले ८ मत प्राप्त गर्नुभएको छ । महासचिवमा सुखवीर थामीलाई हराउँदै दिवश राई निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा एमाले र कांग्रेसकाे गठबन्धन बनेको थियो । अध्यक्ष कांग्रेस समर्थक र महासचिव एमाले समर्थक रहनुभएको छ । एमाले, कांग्रेस एकातिर र माओवादी, सङ्घीय समाजवादी अर्कोतिर गरी गठबन्धन बनेको थियो ।
पदाधिकारीका अन्य १९ पदमा समेत एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, खुल्ला उपाध्यक्ष युवराज जिरेल, ध्यानी उराँव, क्षेत्र बहादुर थकाली, गम्भीर सिं गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा (ढोक्या) लहरु जिमी, श्रुती कुमाल रहनु भएको छ ।
उप-महासचिवमा रामकृष्ण लामा ब्लोन, सचिव खुल्लामा मङ्गलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, महिला सचिवमा ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्षमा विमल सारु मगर र सह-कोषाध्यक्षमा रिदार नोसाङ्ग भोटे निर्वाचित हुनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको दशौँ राष्ट्रिय महाधिवेशन बुधवारदेखि कावासोतीमा सुरु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।