१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ ।
नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले आज शुक्रवरा पार्टी कार्यालय अगाडि नाराबाजी गरेको हो । नेता शेखर कोइराला समूहका नेविसङ्घ र तरुण दलका कार्यकर्ताले एकलौटी निर्णय रोक्न माग गरेका छन् ।
दुई दिनअघि सभापति देउवाले नेविसङ्घको अध्यक्षमा काठमाण्डौका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गर्नुभएको थियो । नेविसङ्घ अध्यक्ष शेर्पाले आजै पदभार ग्रहण गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।