उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – अस्ट्रेलियाले पाकिस्तानसँगको टेस्ट शृङ्खला जितेको छ । तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानलाई एक सय १५ रनले हराउँदै अस्ट्रेलियाले एक–शून्यले शृङ्खला जितेको हो ।
लाहोरमा टेस्ट जित्न तीन सय ५१ रनको लक्ष्य पछ्याएको पाकिस्तान दुई सय ३५ रनमा अलआउट भयो । योसँगै अस्ट्रेलियाले ११ वर्षपछि एसियामा कुनै टेस्ट शृङ्खला जितेको छ ।
यसअघि अस्ट्रेलियाले सन् २०११ मा श्रीलङ्कालाई एकशून्यले हराउँदै टेस्ट शृङ्खला जितेको थियो । यस्तै पाकिस्तानलाई अस्ट्रेलियाले तेस्रो पटक उसैको घरमा हराएको हो ।
यसअघि भएको दुई वटै टेस्ट बराबरीमा सकिएको थियो । यी दुईबीच अब तीन खेलको एकदिवसीय शृङ्खला र एउटा टी–२० हुनेछ । पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलिया झन्डै २५ वर्षपछि त्यहाँ पुगेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।