बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी हुनुभएको छ । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
विमलाले ८५ मत ल्याउनुभयो भने उहाँसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी हुनुभएको छ ।
उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गर्नुभएको हो भने महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गर्नुभयो । त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गर्नुभयो । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गर्नुभएको हो ।
महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।