दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पीएनजीलाई दियो २ सय ७९ रनको लक्ष्य

 चैत १२, २०७८ शनिबार १३:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय ७९ रनको लक्ष्य दिएको छ ।

दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो । नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।

१ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो ।

कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए । तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्थितिमा पुर्याएका हुन् ।   
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया