बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बयलबास बजारमा झडप हुँदा घाइते भएका सर्लाही क्षेत्र नम्बर–१ का सांसद प्रमोद साहलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
उहाँको स्थानीय अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ पठाएको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । बिहान स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर उहाँ घाइते हुनुभएको हो । सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ ।
सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने विषयमा दुई पक्षबीच भनाभन हुँदा झडप भएको थियो । प्रदर्शनमा उत्रिएका स्थानीयले सांसद साहको सुरक्षाका लागि खटिएका पीएसोको पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोली खोसेर पीएसोमाथि आक्रमण गरेको बताइएको छ । खोसिएको पेस्तोल र गोली स्थानीयले केही समयपछि नै प्रहरीलाई बुझाएका छन् । प्रहरीले भिडलाई तितरबितर पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।