चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

 चैत १२, २०७८ शनिबार १६:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा दुई देशका समकक्षीबीच भेट भएको हो । भेटवार्तापछि द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङले काठमाण्डौबाटै भर्चुअल रुपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो ।

यस्तै, नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाको विषयमा विस्तृतमा छलफल हुने भएको छ । हिजो नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि उहाँ भोलि नै स्वदेश फर्कनुहुनेछ ।
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया