१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।
आज आइतवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनुभयो ।
प्रवक्ता महतले भन्नुभयो, ‘आवश्यकताको सिद्धान्तमा चुनावमा जाने भनेको भावनाको विषय मात्रै होइन, चुनावमा बढीभन्दा बढी सफलता हासिल गर्नका लागि हामी चुनावमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानुपर्दछ भन्ने नै धेरैजसाे साथीहरूको मत छ । के गर्दा पार्टीलाई धेरै फाइदा हुन्छ, बढी सिट जित्न सकिन्छ । त्योभन्दा अरू कुनै मापदण्ड हुन सक्दैन । आवश्यकताको सिद्धान्तलाई मध्यनजर राखेर निर्णय हुन्छ ।’
प्रवक्ता महतले स्थानीय तहको चुनावमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुङ्गो भोलि (सोमवार) लाग्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।