१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै : नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताउनुभएको छ । गएकाे शुक्रवार तीन दिने नेपाल भ्रमणका लागि आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको झाले बताउनुभएको हो । चिनियाँ विदेशमन्त्री यीको भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको उहाँकाे भनाइ छ ।
झाले नेपाल र चीन सरकारबीच हिजाे शनिवार भएको द्वीपक्षीय वार्तामा बीआरआई सम्बन्धीका कुनै पनि योजना नपर्नु अनौठो भएको बताउनुभयो । उहाँले विदेशमन्त्री यी नेपाल आउनुअघि बीआरआई सम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भए पनि त्यो बारेमा सरकारले कुरा उठाउन नसकेको बताउनुभयो ।
डा. झाले भन्नुभयो, ‘हिजो भएकाे द्वीपक्षीय वार्तामा विभिन्न सम्झौता हस्ताक्षर गर्ने कुरा थिए । त्यसमा बीआरआई सम्बन्धीका योजनाहरू एउटा पनि परेको देखिएन । यो अचम्मको कुरा भयो । मैले सुनेको वाङ यी आउँदा विशेष रूपमा नेपाल सरकारले बीआरआई अन्तर्गत भएका सम्झौताहरू (जुन २०१९ अक्टाेबरमा चिनियाँ राष्ट्रपति सीकाे भ्रमण हुँदा भएकाे) लाई नै अघि बढाउने कुरो थियो । तर यहाँ आउँदा ती परियोजनामध्ये कुनै पनि परेका देखिएन । कारण नेपाली पक्षले तयार नगरेको पनि देखियो । गर्न नचाहेको हो कि जस्तो पनि देखियो । नेपालले यो भ्रमणलाई शतप्रशित सदुपयोग गर्न सकेन ।’
नेपाल–चीन सम्बन्धका जानकार डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्त्वका साथ विदेशमन्त्रीको भ्रमण गराए पनि नेपालले भने खासै चासो नदेखाएको गुनासो पनि गर्नुभयो ।
गएकाे शुक्रवार तीन दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो । भेटमा बीआरआई परियोजना अघि बढाउने, नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिका अवस्थालाई उकास्ने, सीमा नाका बलियो बनाउने, नाकाहरू खोल्ने लगायतका बारेमा छलफल भएको थियो ।
(यो समाचार नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झासँग न्युज एजेन्सी नेपालले गरेकाे कुराकानीको आधारमा तयार गरिएको हो ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।