नेपाललाई अबकाे ८/१० वर्ष पूर्वाधारकाे क्षेत्रमा लगानी चाहिएकाे छ : गगन थापा

 चैत १३, २०७८ आइतबार १८:५४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउनुभएको छ । आज आइतवार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ/दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताउनुभएको हो । उहाँले नेपालको कृषि बजारमुखी हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पार्नुभयो । 

आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब आठ/दश वर्ष हामीलाई पूर्वाधारमा ठूलाे लगानी चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठूलो चुनाैती हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रूपमा परिचालन गर्दा पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरिकन पूर्वाधार तयार गर्न गाह्राे छ ।’

कार्यक्रममा महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताउनुभयो । गैरआवासीय नेपालीहरूको लगानीसँग नेपालीहरू डराउन नहुने उहाँले बताउनुभयो । उनीहरूलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने महामन्त्री थापाकाे भनाइ छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया