उदयपुरमा आगलागी हुँदा एक जनाको ज्यान गयो, सात घर नष्ट

 चैत १४, २०७८ सोमबार ६:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर - उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । सात घर जलेर नष्ट भएका छन् ।

हिजो दिउँसाे लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।  उदयपुरगढी गाउँपालिका-१ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो।

आगलागीमा भैरव बहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । उहाँकाअनुसार आगलागीमा परेर सात घर पूर्णरुपमा नष्ट भएका छन् । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया