शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार

 चैत १४, २०७८ सोमबार १५:२२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४२ दशमलव २८ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय ३१ कम्पनीका ४९ लाख ५८ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड ५३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्तको २२ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज आईसीएफसी फाइनान्सको शेयर झन्डै पाँच प्रतिशत र सानिमा लाइफ इन्सुरेन्सको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया