भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मलेसियाले नेपाललाई एक सय १५ रनकाे लक्ष्य दिएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायाे । मलेसियाका लागि जुबैदी जुलकिफ्लीले ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । यस्तै अभिनाश बाेहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।
यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो ।
नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय शृङ्खलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।