बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके उपचारमा सजिलाे हुने बताउनुभएको छ ।
आज बुधवार नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको उहाँकाे भनाइ छ ।
मन्त्री खतिवडाले श्रमजीवी पत्रकारहरूका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताउनुभयो । उहाँले पत्रकारका हितका लागि उचित प्रस्ताव लिएर मन्त्रालयमा आउन पनि महासङ्घलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकार सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताउनुभयो । उहाँले बजेट भाषणमा निःशुल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गर्नुभयो ।
महासङ्घले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवम् प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।