दिल्लीमा हरेक दिन २ वटा उडान गर्न लागिएकाे छ : मन्त्री आले

 चैत १६, २०७८ बुधबार २०:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान हुने बताउनुभएको छ । 

काठमाण्डाैमा आज बुधवार भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउनुभएको हो । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी पनि दिनुभयो । 

मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र मार्च २५ देखि बेङ्गलाेरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताउनुभयो । मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरूलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताउनुभयो । पहिले चारदेखि पाँच घण्टा उडान भर्ने जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया