मन्त्रिपरिषद निर्णय : तीन डीआईजीलाई एआईजीमा बढुवा, दुई अध्यादेश ल्याइने

 चैत १७, २०७८ बिहीबार ११:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गएको चैत १ गते बढुवाको लागि सिफारिस गरेको थियो । तर बढुवाको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले हिजो बढुवाको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद बैठकले आज बढुवाबारे निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले महिला हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने पनि निर्णय गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय हुँदा तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या भएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिदेखि हुने भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको पनि टुंगो लगाएको छ । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् । यस्तै, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी र पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया