१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गर्नुभएको छ । बिहीवार रिपोर्टस क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो ।
उहाँले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताउनु भयो । उहाँले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने पनि बताउनु भयो ।
‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा द्वीमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन',प्रधानमन्त्री देउवाले भन्नुभयो, 'वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ । उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकतावद्ध रुपमा अघि बढाउने छौँ । गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु । हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ ।’
प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताउनु भयो । प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।