१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे पार्टीले देशमा आउने प्रत्येक राजनीतिक सङ्कटलाई मोचन गर्न भूमिका खेलेको भए पनि त्यसअनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गर्नुभएकाे छ ।
आज बिहीवार काठमाण्डाैमा आयोजित रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे । उहाँले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको पनि दाबी गर्नुभयाे ।
अध्यक्ष प्रचण्डले आउँदाे चुनावमा गठबन्धनमा रहेका दलहरू मिलेर जाने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनाएका छौँ । नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिमा पनि करिब करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै द्विविधा छैन । हामी मिलेर नै जान्छौँ ।’
अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा वृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।