सूर्यतारा सिमेन्ट उद्योगको लागि १४ अर्ब ३७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत

 चैत १८, २०७८ शुक्रबार १०:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगानी बोर्ड नेपालले सूर्यतारा सिमेन्ट परियोजनाको लागि १४ अर्ब ३७ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राति बसेको ५० औँ बोर्ड बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनको लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको हो ।

यस्तै बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि जर्मनीको कम्पनीलाई अनुमति दिने पनि निर्णय गरेको छ । यस्तै, बैठकले  ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीले पेस गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ । यस्तै, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको म्याद थप गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले दिएको प्रतिवेदनका आधारमा विकासकर्तासँग वार्ता गरेर समझदारीको लागि लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण–३ जलविद्युत परियोजनाबाट प्राप्त हुने नि:शुल्क बिजुली बिक्री तथा थप बिजुली खरिद गर्ने विषयमा विस्तृत अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई वटा छुट्टा छुट्टै अध्ययन समिति पनि गठन गरेको छ । बैठकमा बैठकमा प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यानस तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

बोर्डले गरेका प्रयासको सह्राना गर्दै उहाँले लगानी बोर्डले गरेका निर्णयहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभयो । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुको कार्यान्वयन अवस्था, परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया