भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपालमा भइरहेकाे त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ९७ रनकाे लक्ष्य दिएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनायाे । मलेसियाका लागि सइद अजिजले ६४, कप्तान अहमद फैजले ६३ र जुबैदी जुलकिफ्लेले ४६ रन बनाए । बलिङतर्फ पीएनजीका कबुआ माेरेले चार विकेट लिए ।
मलेसिया याे खेलमा विजयी भएमा चार अङ्कसहित फाइनलमा पुग्नेछ । मलेसियाले याे खेल हारे पनि भाेलि शनिवार हुने अन्तिम खेलमा नेपाललाई हराए पनि फाइनलमा पुग्नेछ । पीएनजीलाई भने फाइनलमा पुग्न सहज छैन । आजकाे खेलमा मलेसियालाई ठूलाे अन्तरले हराएर मात्र पुग्दैन, भाेलि नेपालसँगकाे खेलमा मलेसियाले ठूलाे अन्तरले हारेकाे अवस्थामा नेट रननेटकाे आधारमा पीएनजी फाइनलमा पुग्न सक्छ । पीएनजी अहिलेसम्म जीतविहीन छ ।
नेपालले भने यसअघि नै लगातार तीन खेल जित्दै फाइनलमा पुगिसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।