१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली पुग्नुभएकाे छ । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्य मामिला मन्त्रालय र दिल्लीमा रहेकाे नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।
आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने उहाँ भारतीय जनता पार्टी (भाजपा) को प्रधान कार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचार/विमर्श गर्नुहुनेछ । भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले आज बेलुकी नै नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।
यस्तै भोलि शनिवार भारतका प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने छ भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेकाे छ ।
वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन एक सय ३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य/दृश्यका माध्यमबाट जानकारी लिनुहुने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shiva Neupane
April 1, 2022, 6:20 p.m.Not bad