प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

 चैत १८, २०७८ शुक्रबार १९:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएकाे छ । उहाँहरूबीच केहीबेरअघि नयाँ दिल्लीकाे चाणक्यपुरीमा रहेकाे आईटीसीमा भेटवार्ता भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् । 

प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृङ्गलासँग पनि भेटवार्ता गर्नुभएकाे छ ।

विदेशमन्त्री जयशङ्करसँगकाे भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (बीजेपी) काे केन्द्रीय कार्यालय पनि पुग्नुभएकाे छ । त्यहाँ प्रधानमन्त्री देउवाले बीजेपी अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्नुभएकाे छ । 

भोलि शनिवार बिहान १० बजेर ४० मिनेटमा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । त्यहाँ संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ । प्रधामन्त्री देउवाले दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणको तेस्रो दिन आइतवार प्रधानमन्त्रीसहितको टोली बिहानै बनारस जानेछ । देउवा नेतृत्वको टोली आइतवार दिउँसो नेपाल फर्कने कार्यक्रम छ । 

तस्बिर : रासस

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया