६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आज काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।
केही दिन यता प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । तर, काठमाण्डौ उपत्यकामा भने पानी परेको थिएन । आज भने दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । केही दिन यता वाग्मती प्रदेशका चितवन, सिन्धुली र सिन्धुपाल्चोकमा, गण्डकी प्रदेशको कास्कीमा र प्रदेश १ को संखुवासभा र भोजपुरमा पानी परिरहेको छ ।
अहिले देशभर भारतको बिहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव परेको छ । यसकै कारण देशका धेरै ठाउँको मौसम सामान्य बद्ली भएको छ । यसपालि ढिलो गरी प्रि मनसुनका गतिविधि सक्रिय हुँदा पानी पर्न नसकेको मौसमविद् प्रधानांगले बताउनुभयो । प्रि मनसुनको एक महिना खासै पानी नपरी बितेको छ ।
मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको अवधि मानिन्छ । प्रि मनसुनकाे पहिलाे महिना सक्किएर दाेस्राे महिना सुरु भइसकेकाे छ । प्रि मनसुनमा पानी पार्न स्थानीय वायुको भूमिका महत्वपूर्ण हुन्छ । यसपालि स्थानीय वायुमा पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा विकसित नहुँदा पानी पर्न नसकेको मौसमविद्को भनाइ छ । तर, पानी नपर्नुमा यो मात्रै एक कारण नभएको मौसमविद् राजु प्रधानांगले बताउनुभयो । उहाँकाअनुसार अब प्रि मनसुनका गतिविधि सक्रिय हुन थालेकाले मेघगर्जन र चट्याङसहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि पनि प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।