नेपालले मलेसियालाई हराउँदा पीएनजी फाइनलमा

 चैत १९, २०७८ शनिबार १५:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएकाे छ ।

नेपालले दिएकाे दुई सय २४ रनकाे लक्ष्य पछ्याएकाे मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयाे । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र राेहित पाैडेलले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै राेहित पाैडेलले ५१ रन बनाए ।

बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए । 

आजकाे खेलमा मलेसिया पराजित भएसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेकाे छ । मलेसिया र पीएनजीकाे समान दुई अङ्क रहे पनि नेट रनरेटकाे आधारमा पीएनजी फाइनलमा पुगेकाे हाे । नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदाे साेमवार हुनेछ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया