माधव नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदै

 चैत २०, २०७८ आइतबार ११:२४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ ।

अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ ।  एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको थियो । त्यहि रिटमाथि सुनुवाई हुन लागेको हो । एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्दै आएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया