स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा रवि लामिछानेको थुनछे...
पुस २९, २०८१ सोमबार
कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित मेयर अशोककुमार चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।
मेयर चन्दसहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज आइतवार पार्टी प्रवेश गराउनुभएको छ ।
चन्दसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट, ७ नम्बरका वीरबहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।