बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशकाे अर्थतन्त्र श्रीलङ्काको बाटाेमा पुग्ने अवस्था नभएको बताउनुभएको छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले देशकाे अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलङ्काको बाटाेमा भने नपुग्ने बताउनुभएको हो ।
उपाध्यक्ष ढकालले अहिले देशकाे अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने, राजस्व सङ्कलन गर्ने, देशमा पूर्वाधारको विकास गर्ने र देशमै उत्पादन भएका वस्तुलाई धेरैभन्दा धेरै उपयोग गर्न नसकेसम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन । नेपालकाे अर्थतन्त्र श्रीलङ्काको जस्तो अवस्थामा पुग्छ भन्ने लाग्दैन । अर्थतन्त्र सुधार गर्ने खालका काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु ।’
त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनुभयो । उहाँले बैंकहरूले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याज दर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गर्नुभयो । उपाध्यक्ष ढकालले बैंकहरूले जबसम्म व्यवसायले थाम्न सक्ने ब्याज दर हुँदैन तबसम्म व्यावसायिक गतिविधि अगाडि बढ्न नसक्ने बताउनुभयाे ।
कार्यक्रममा पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री मोती दुगडले देशको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले निजी क्षेत्रसँग कुनै छलफलसमेत गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरूको मनोबल खस्काउने काम गरेको दुगडले बताउनुभयो । सरकारले निजी क्षेत्रलाई हेपेर अपराधीको जस्तो व्यवहार गरेको उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।