सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । दलहरु चुनावी नारा बनाउनेदेखि घोषणा पत्र तयारी गर्नेसम्मको काममा व्यस्त छन् । गएको चुनावमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेको छ ।
हरेक चुनावमा सबैजसो दलको मुख्य कार्यसूची बन्ने गरेको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सम्मानको सवाल यसपटक पनि प्राथमिकतामा पर्ने देखिएको छ । सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले केन्द्रीय तहमा घोषण पत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।
ज्येष्ठ नागरिकलाई सहुलियत दिने लगायतका विषय घोषणा पत्रमा समेट्ने कांग्रेसको तयारी छ । कांग्रेसले गएको फागुन २९ गतेदेखि नै गाउँघरमा पुगेर चुनावको प्रचारप्रसार गर्दै आएको छ । यस्तै, माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह चुनावको प्राथामिक एजेन्डा बनाउने भएको छ ।
आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवम् लैङ्गिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जाने माओवादीको भनाइ छ ।
यस्तै, एकीकृत समाजवादी पार्टीले स्थानीय आवश्यकताका आधारमा घोषणापत्र बनाउने जनाएको छ । यसैगरी, नेकपा एमालेले वृद्ध भत्तालाई बढाउनेसहित यसलाई निरन्तरता दिने र प्रभावकारी कार्यान्वयन गर्नेबारे छलफल थालेको छ । चुनावमा मतदातालाई आकर्षित गर्ने गरी दलहरु घोषणा पत्र बनाउन जुटेका हुन् ।
प्रमुख राजनीतिक दलले स्थानीय तहका लागि फरक–फरक घोषणा पत्रको तयारी गरेका छन् । उनीहरूले केन्द्रबाट नीतिगत तथा स्थानीय तहले आफ्नो योजनासहितको घोषणा पत्रहरु ल्याउने तयारी गरेका छन् ।
मतदातालाई आकर्षित गर्ने खालका विषय समेट्न लागेका दलहरुले यसअघिको चुनावमा गरेका कतिपय प्रतिबद्धता भने अझै पूरा गर्न सकेका छैनन् । घोषणा पत्रमा एकथरी तर व्यवहारमा अर्कै भन्दै उनीहरुको आलोचना समेत हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Debendar Kumar dwal
April 7, 2022, 12:48 p.m.Masta gaupalika bhatakhale