अधिवक्ता गाेविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त, केहीबेरमा शपथ

 चैत २४, २०७८ बिहीबार १३:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

बन्दीकाे फेसबुकबाट

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा काेइराला (बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई आज बिहीवार मन्त्रीमा नियुक्तका लागि सिफारिस गर्नुभएको हो ।

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । मन्त्री नियुक्त भएको जानकारी आएको र उहाँको शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

नेकपा एमाले विभाजनपछि बन्दी नेकपा (एकीकृत समाजवादी) पार्टी निकट हुनुहुन्छ । यसअघि बन्दीले नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य बन्न अस्वीकार गर्नुभएको थियो ।

बन्दी कानुन मन्त्री बन्ने भएपछि दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न बन्दीको भूमिका रहेको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ज्योतिषी

    April 7, 2022, 1:44 p.m.

    मिलाएर खा पातकी

  •  0 Reply

तपाईको प्रतिक्रिया