बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल टेलिकमले सात अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले कम्पनीले सात अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनुभएको हो ।
उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट पाँच अर्ब ८० करोड, वायरलेस सेवाबाट तीन अर्ब ३३ करोड, अन्य विभिन्न कार्यक्रमबाट गरी कुल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड–१९ का कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’
टेलिकमले शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर उपलब्ध पनि गराउने भएको छ । शेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताउनुभयो । अनलाइन पेमेन्ट गर्ने सरकारको कार्यक्रमअनुसारको तयारीको कामलाई पनि जाेड दिइएकाे टेलिकमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।